पृष्ठभूमी:
खेलकूदको माध्यमबाट युवा, विद्यार्थी तथा आम नागरिकको शारीरिक तथा मानसिक विकास गरी स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न र खेलकूद सम्बन्धी कार्यक्रम गर्दै व्यवसायिक प्रतिस्पर्धी खेलाडीको विकास गरी प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने खेलकूद प्रतियोगितामा प्रदेशको सार्थक सहभागिता एवं खेलकूद र खेल पर्यटनका माध्यमबाट दिगो शान्ति र समृद्धि हासिल गर्न प्रदेश खेलकूद विकास ऐन २०७६ को दफा (३) को प्रयोग गरी लुम्बिनी प्रदेश सरकारले यस प्रदेश खेलकूद परिषद् लुम्बिनीको स्थापना गरेको हो।